जलवायु परिवर्तनको असरले मासिँदै समुन्द्रका माछा
- नेचर खबर
काठमाडौं – विश्वमा जलवायु परिवर्तनको असरका कारण प्राकृतिक विपद् बढेका छन् । पछिल्लो एक अनुसन्धानले जलवायु परिवर्तनको असर समुन्द्रमा पनि बढी परेको देखाएको छ ।
नेचर साइनटिफिक जर्नलमा प्रकाशित भएको अनुसन्धान अनुसार यसकै कारण समुन्द्रमा रहेका माछा र शार्कका कैयौं प्रजाति लोप हुने अवस्थामा रहेको उल्लेख गरिएको छ । २०१४ को एक आँकडाका अनुसार समुन्द्रमा रहेका माछा र अन्य प्रजाति २४ प्रतिशत लोपुन्मुख रहेकोमा अहिले त्यो प्रतिशत डबल भएको छ ।
अनुसन्धानमा समुन्द्रमा रहने माछा, शार्कलाई बस्ने ठाउको अभाव हुँदै गएको र समुन्द्रको पनि तापमान बढ्दै गएको उल्लेख छ । रिपोर्टमा पछिल्लो ८५ बर्षमा माछाका तीन प्रजाति नदेखिएको उल्लेख गरिएको छ । जसमा लास्ट शार्क १९३४ देखि, जावा स्टिगरी १८६८ देखि र रेड सी टारपिडो १८९८ देखि नदेखिएको बताइएको छ ।
अनुसन्धानकर्ता निकोलस डुल्वीले समुन्द्रको पुरै इको सिस्टम प्रभावित भएको भन्दै विश्वका कैयौं देशका समुन्द्रमा रहेका माछा र अन्य प्रजाति संकटमा रहेको बताएका छन् ।
जलवायु परिवर्तन र माछाको विषयमा अस्ट्रेलियाका अनुसन्धानकर्ताले हरेको अनुसन्धानमा समुन्द्रको तापमान बढ्दै जादा शार्क माछाले समय भन्दा अगाडी बच्चा जन्माईरहेको र यिनीहरूको आकारमा पनि असर परेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस