कुखुरा हेर्न जाँदा चितुवाको आक्रमण, ४ घाइते

सल्यान – चितुवाको आक्रमणबाट सल्यानमा ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका– ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका– ३ दोलीका ५२ बर्षीया पूर्णराज बिकले संचालन गरेको कुखुरा फार्मभित्र लुकेर बसेको चितुवाले सोमबार बिहान उनीहरुलाई आक्रमण गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार चितुवाले ३ वटा कुखुरा पनि मारेको थियो । त्यही हेर्न जानेक्रममा लुकेर बसेको बाघले मान्छेमाथि आक्रमण गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics