‘कम्तीमा तीन दिन मनसुन बाहिरिदैन’

काठमाडौं - देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

मौसमविद्का अनुसार कम्तीमा तीन दिन मनसुन बाहिरिने सम्भावना छैन ।
मगंलबारसम्म मनसुन भारतको जोतपुरसम्मबाट बाहिरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । साथै नेपालमा अहिले भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics