जंगली जनावर धपाउन जापानले बनायो ‘रोबोट ब्वाँसो’

काठमाडौं – जापानको उत्तरी मुख्य टापु होक्काइदोमा जंगली जनावरहरूबाट खेती जोगाउन र मानिसमा आक्रमण रोक्न रोबोट ब्वाँसोको प्रयोग गर्न थालिएको छ ।

मेशिनरी पार्ट्स निर्माताले भालु र अन्य जंगली जनावरहरूलाई धपाउन राक्षसी ब्वाँसो रोबोटको प्रयोग गरेका हुन् । ओता सेईकी कम्पनीले निर्माण गरेको १.२ मिटर लामो रोबोट नाई कान नाम दिईएको ब्वाँसोले विभिन्न ६० वटा ब्वाँसो, मानिस लगायतको आवाजमा कराउन सक्छ ।

यसले एक इन्फ्रारेड सेन्सरको साथ जनावरहरू नजिक आएको पत्ता लगाएर आफ्नो टाउकोमा बिजुलीको उज्यालो सहित आँखाबाट बत्ति बालेर चर्को आवाज निकाल्छ । यसको प्रयोगपछि सो क्षेत्र वरपर जंगली जनावरको असर कम हुन थालेको स्थानियले बताएका छन् ।


जापानको विभिन्न स्थानमा ४० मान देखी ५० मान येन रुपैयाँ पर्ने ७० वटा यस्ता रोबोर्ट जडान गरिएको छ । यसमा ईशिगाकि द्विप तथा दक्षिणी प्रिफेक्चर ओकिनावा लगायत क्षेत्र रहेको छ । यि क्षेत्रमा जंगली जनावरहरु सहित जंगली बँदेल, भालु लगायत जनावरले खेतीमा नोक्सानी पुर्याउनुका साथै मानिसलाई आक्रमण गरेर ज्यान समेत लिंदै आएका छन् ।

रोबोट पार्ट्स निर्माता कम्पनीका अध्यक्ष युजी ओह्ताले जंगली जनावरले बालीनाली क्षतिलाई नियन्त्रणमा राख्नु पर्ने कारण रोबोटको राम्रो माग रहेको बताए ।

उनले कम्पनीले बनाएको राक्षसी ब्वाँसोको बारेमा समाचार प्रकाशित भएपछि विदेशबाट समेत सोधपुछ आईरहेको र निर्यात सुरु गर्न तयारी गरिरहेको जानकारी दिएका छन् । -बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics