खान दिन गएका चिडियाखाना कर्मचारीलाई नै सिंहले तानेपछि…

टोकियो – जापानको फुकुसिमास्थित तोहोकु सफारी पार्कमा एउटा सिंहले चिडियाखाना रक्षकको हत्या गरेको छ । चिडियाखानामा पालिएको सिंहलाई खाना खुवाउन गएका बेला सो घटना भएको थियो । सिंहको आक्रमणमा परी केनिची काटो नामक चिडियाखाना रक्षक मारिएका छन् ।

द इन्डिपेन्डेन्टको समाचार अनुसार केनिची काटो सिंहलाई खुवाउन खोर भित्र गएका थिए । तर, निस्कने क्रममा उक्त खोरको ताला लगाउन बिर्सिए । सोही बेला सिंहले उनलाई पछाडिबाट आक्रमण ग¥यो । उनको घाँटीबाट धेरै रगत बगेको थियो । उनको शरीरमा धेरै गहिरो घाउको निशान थियो ।



चिडियाखाना प्रशासनले तुरुन्तै काटोलाई नजिकैको अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । आक्रमणपछि सो सिंहलाई बेहोस अवस्थामा राखिएको छ ।

निकुञ्जका वरिष्ठ अधिकारी नोरिचिका कुमाकुबोका अनुसार सो घटना पछि सुरक्षा व्यवस्थापन उपायहरू सुधार गर्न चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ ।

चिडियाखानाका अधिकारीहरूले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै काटोको परिवारसँग माफी मागेका छन् । आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनका लागि पहल गरिने आश्वासन दिएका छन् । काटो २७ वर्षदेखि तोहोकु सफारी पार्कमा कार्यरत थिए । यस्तो अवस्थामा सिंह, बाघ र भालुजस्ता जनावरसँग व्यवहारमा उनी अनुभवी मानिन्थे तर दुर्घटना भएको दिन उनले खोरको ढोका लगाउन भुल गरे, जुन गल्तीले उनको ज्यान गयो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics