वन मासेर जाजरकोटमा खनिएका सडकको अनुसन्धान हुँदै

जाजरकोट – जाजरकोटमा वन मासेर असारमा जथाभावी निर्माण गरिएका २८ वटा सडकको डिभिजन वन कार्यालय जाजरकोटले अनुसन्धान गरिरहेको छ ।

सातै पालिकामा रहेको डिभिजन वन कार्यालयलाई डिपिआरबिना कुन निकायको अनुमतिमा वन भित्र सडक निर्माण गरिएको भन्दै क्षतिको विवरण संकलनको काम भइरहेको डिभिजन वन कार्यालय जाजरकोटका डिभिजन प्रमुख राधाकृष्ण दासले बताए ।

वन क्षेत्रभित्र सडक निर्माण गर्दा डिपिआर निर्माण गरि क्षतिको विवरण निर्माण गर्नुपर्ने हुन्छ । तर, असारमा पठाएका सडकहरू कुनै निकायसँग अनुमति नलिइ जथाभावी निर्माण गरिएपछि समस्या निम्तिएको छ। प्रहरी प्रशासनकै आडमा केही सडकहरू निर्माण गरिएको थियो ।

गत असारमा निर्माण गरिएका ती सडकमा पहिरो गएका कारण अहिले नाम निसान नै नरहेको अवस्थामा रहेको छ । नाम निसान नै नभएका सडकको रकम भने भुक्तानी भइसकेको छ ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics