अरिंगालले टोकेर झापामा १ महिलाको मृत्यु, २ घाइते

झापा – अरिंगालले टोकाइका कारण झापामा एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

बाह्रदशी गाउँपालिका–५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो भने, मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् ।

बिहीबार साँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पूरै गोला खनिएको थियो ।

घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको घरमै उपचार भइरहेको बाह्रदशी ५ नम्बरका वडा सदस्य जय तिम्सिनाले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics