बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको गैँडा मृत फेला
- नेचर खबर

बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ ।
गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९-२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए ।
मृत गैँडाको शवपरीक्षणपछि घटनाबारे विस्तृत विवरण आउने निकुञ्ज प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस