जब एक किशोरले ३०० वर्ष पुरानो रूख काटे…

काठमाडौं – धेरैले विश्वप्रसिद्ध प्रतीकको रूपमा वर्णन गरेको रूख अवैध रूपमा काटिएको छ । तर, त्यो फेरि पलाउन सक्ने ठानिएको छ । उत्तरी इंग्ल्यान्डस्थित प्राचीन रोमन किल्ला हेड्रिअन्स वालको एउटा क्षेत्रमा पर्ने सिकमोर ग्यापमा थियो । उक्त रूख झन्डै ३०० वर्ष पुरानो रहेको बताइएको छ ।

जानीजानी विनाश गरेको भन्दै प्रहरीले आपराधिक क्षति पु¥याएको आशंकामा एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ । अधिकारीहरूले त्यो रूखलाई ग्यास, बिजुली वा ब्याट्रीबाट चल्ने एक किसिमको आराले काटिएको जानकारी दिएका छन् ।

यूकेको वुडल्यान्ड ट्रस्टद्वारा आयोजित एउटा प्रतियोगितामा सन् २०१६ मा उक्त रूखलाई ‘वर्ष रूख’को उपाधि दिइएको थियो ।



 

प्रकृतिसम्बन्धी विज्ञहरू उक्त ‘सिकमोर’ प्रजातिको रूखको ठुटोमा नयाँ पालुवा आउन सक्ने ठान्छन् । यूकेको न्याश्नल ट्रस्टले उक्त ठुटोलाई सुरक्षित राख्न खोजिरहेको छ । त्यसो गरिएमा अर्को वसन्त याममा त्यसमा पालुवा लाग्न सक्ने उसको विश्वास छ । ट्रस्टले त्यो रूखको बीउ पनि जम्मा गर्ने प्रयास गर्ने जनाएको छ ।

फोटोग्राफर इयन स्प्रोटले नोर्दर्न लाइट्स अर्थात् उत्तरी गोलार्धमा राति आकाशमा देखिने रङ्गीविरङ्गी उज्यालोमा टल्किएको उक्त रूखका तस्बिरहरू खिचेका छन् । उनले खिचेका तस्बिरमा विभिन्न ऋतुमा त्यो रूख कस्तो देखिन्थ्यो भन्ने झल्किन्छ ।

उनले भने, ‘सिकमोरका रूखहरू धेरै सहनशील हुन्छन् । आगामी दशकहरूमा त्यो रूख जाग्न पनि सक्छ । त्यसको हेरचाह गर्न आवश्यक छ । यदि केही गर्न सकिन्छ भने त्यो गर्नुपर्छ ।’

‘समाकार बान्कीको भएकाले त्यो निकै सुन्दर थियो । रूखका दुवैतिर डाँडा र मध्य भागमा रूख अनि ‘नोर्थ सी’तिर फर्किएको रात्रिकालीन आकाश र त्यसपछाडि नोर्दर्न लाइट्स । तस्बिर खिच्न योभन्दा अरू उत्तम ठाउँ हुँदैन ।’

त्यो रूख हलीवुड चलचित्रहरूमा पनि देखिएको थियो । त्यो उत्तरपूर्वी इङ्ग्ल्यान्डमा धेरै मन पर्ने प्रतीकमध्ये एक थियो । त्यो यूकेमा सबैभन्दा धेरै फोटो लिइएको रूख पनि हो । केभिन कोस्टनर र एलन रिकम्यानले अभिनय गरेको सन् १९९१ को रबिन हुड प्रिन्स अफ थिभ्स’मा देखा परेपछि त्यसलाई रबिन हुडको रूख भनेर चिनिन्थ्यो । –बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics