भाले र पोथी चितुवाको ‘झगडा’, पोथीको मृत्यु
- नेचर खबर

पोखरा – पोखराको भलाममा एक पोथी चितुवा मृत फेला परेको छ ।
पोखरा महानगरपालिका – २० डाँडागाउँ भलाममा पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।
भाले र पोथी चितुवा एक आपसमा जुड्दा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस