ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्वराष्ट्रपतिद्धारा राष्ट्रपतिलाई ध्यानाकर्षण

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर चुरे, जैविक विविधता, वन एवम् कृषिका विषयमा सबै सचेत बन्नुपर्ने बताएका छन् ।

उनले अहिले बन्द गरिएको गिटटी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण समेत गराए ।

विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा पुगेका यादवले बिहीबार राष्ट्रपति पौडेललाई भेटेर यस्तो ध्यानाकर्षण गराएका हुन् । पूर्व राष्ट्रपति यादवसँग चुरे, जैविक विविधता, वन एवम् कृषि विज्ञहरू पनि थिए ।

भेटमा राष्ट्रपति पौडेलले ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा. यादवलगायतका विज्ञलाई बताए ।

मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics