अण्डा किन खाने ?

२७औं विश्व अण्डा दिवस

काठमाडौं – आज २७औं विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डाको महत्व बुझाउन यो दिवस मनाउन थालिएको हो । तर, अझै पनि जनचेतनाको अभावमा नेपालमा अण्डा खपत कम भएको व्यवसायी बताउँछन् ।

अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइन्छ । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरूपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, बि १, बि २, बि ३, बि ६, बि ९, बि १२ खनिज तत्वहरु फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरनका साथै चिल्लो पदार्थ पनि ठिक्क मात्रामा पाइन्छ । यी तत्वले मान्छेको शरीरमा मांशपेशी र दिमागको पर्याप्त वृद्धि विकास, स्नायु र मुटुसम्बन्धी तथा अन्य शारीरिक र मानसिक कार्य समान रुपले चलाउन महत्वपूर्ण भूमिका खेल्छ ।

अण्डामा प्रोटिन, क्यालोरी र मिनिरल्स पाइने विज्ञ बताउँछन् । यो अण्डाको सेतो भागमा धेरै पाइन्छ । पहेँलो भागमा कोलेस्ट्रोल र मिनिरल्स पाइन्छ । बच्चालाई कोलेस्ट्रोल पनि चाहिने हुँदा पहेँलो भाग खुवाउनुपर्ने विज्ञ बताउँछन् । कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप भएकालाई पहेँलो भाग नखान विज्ञको सुझाव छ ।

कोरोनाका बेला अण्डाको उपभोग निकै बढेको थियो । अहिले पनि नेपालमा करिब दैनिक ४८ देखि ५० लाख अण्डा उत्पादन हुँदै आएको छ । समग्र पोल्ट्री क्षेत्रमा नेपालमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी रहेको तथ्याङ्क छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics