कसरी उमार्ने जमरा ? यस्तो छ तरिका

दशैं आयो

काठमाडौं - दशैंको उल्लासमा तपाईं के के कुरा याद गर्नुहुन्छ ? नयाँ लुगा, माछामासुको स्वादिलो परिकार, सफासुग्घर घर, रातो टिका, जमरा । दशैंका अनेक विशेषता छन् । आज घटस्थापना । अर्थात दशैंको सुरुवात । आज घर-घरमा पूजाआजा गरी जमरा राख्ने गरिन्छ ।

घटस्थापनाको दिन गहूँ, जौ लगायत अन्नको जमरा राखिन्छ, जुन विजय दशमी अर्थात टिकाको दिन प्रयोगमा आउँछ ।

दशैंमा विभिन्न अन्नको जमरा उमारेर शिरमा सिउरिने गरिन्छ । यसको सांकेतिक अर्थ के पनि हुनसक्छ भने, जमरा मानव जीवनका लागि अत्यान्तै हितकारी चिज हो । आर्युवेदिक महत्वको जमराले थुप्रै प्रकारका शारीरिक समस्या हटाउँछ ।

कसरी उमार्ने दशैंको जमरा ?
– अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ ।

– जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ ।

– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

– विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ ।

– अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

– अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ ।

– सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ ।

– प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ । ।

– गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

– जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics