यी हुन् आज हिमपातको सम्भावना रहेका क्षेत्र

काठमाडौं - देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस