एडप्टेशन फण्ड बोर्ड प्रमाणीकरण प्यानलको उपाध्यक्षमा नरेश शर्मा चयन

वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा एडप्टेशन फण्ड बोर्ड अन्तर्गतको प्रमाणीकरण (अक्रेडिटेशन) प्यानलको उपाध्यक्षमा चुनिएका छन् । यही अक्टोबर १० देखि १३ मा जर्मनीको बोनमा सम्पन्न बैठकबाट उनी उपाध्यक्षमा चुनिएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको सदस्यमा उनी चयन भएका थिए । उनी अति कम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप) का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएका हुन् । शर्मा दुई वर्ष ९सन् २०२३ र २०२४० का लागि सो पदमा चुनिएका हुन्।

उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए। बोर्ड सदस्य रहेका शर्माले अक्रेडिटेशन प्यानलको उपाध्यक्ष भएपछि नेपालका जलवायु विषय, मुद्दा र जलवायु वित्तलगायतका विषयबाट नेपाललाइ सहयोग पुर्याउन ध्यान केन्द्रित गर्ने बताए । कोष तथा त्यससँग आवद्ध विभिन्न संघ संस्था, दातृ निकाय तथा अन्य सरोकारवाला संघ संस्थाको बोर्डसँगको मान्यताबारे यसले निर्णय गर्छ ।

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र हो । यस महासन्धि अन्तर्गतको अनुकूलन कोष महत्त्वपूर्ण हो । शर्माले यसअघि पनि लामो समयसम्म जलवायु परिवतर्नको क्षेत्रमा काम गरेका छन् । नापा (स्थानीय अनुकुलनको कार्यक्रम) निमार्णमा लगायतका धेरैमा उनको अग्रणी भूमिका छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics