समुद्रका माछाको पेटमा भेटियो प्लाष्टिकका टुक्रा, अस्तित्व संकटको चिन्ता

काठमाडौं – उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाको पेटमा प्लाष्टिकका टुक्रा भेटिएका छन् ।

समुद्रका गहिराइमा बस्ने प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको हो ।

यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो । उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको एक अध्ययनमा जनाइएको छ ।

अध्ययनका लागि नमूनामा लिइएको ४.५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टर्नफिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका छन् । यो रिपोर्ट ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकामा प्रकाशित छ ।


विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६०० मिटर गहिराईबाट ३.५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २३३ माछालाई नमूना बनाएका थिए । तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो । यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो ।

समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डलफिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पंक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले जनाएको छ । - एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics