काठमाडौंको क्याफेमा भेटियो सालकको खपेटा, झापाकी सुष्मा पक्राउ
- नेचर खबर

काठमाडौं– टोखा नगरपालिका-६ स्थित न्यू खुकुरी फुड क्याफेबाट ९ सय ३० ग्राम तौलको सालकको खपेटा १ थानसहित सोही नगरपालिका-८ ग्रिनल्याण्ड बस्ने झापा घर भएकी ३१ वर्षीया सुष्मा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा सालकको खपेटा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस