यति एयरलाइन्सको सिइओमा सापकोटा

काठमाडौं – यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुवास सापकोटा नियुक्त भएका छन् ।

सापकोटा यसअघि इ–सेवामा सिइओ थिए । यति एयसलाइन्सले एक वर्ष भित्रै आवश्यक प्रक्रिया पुर्‍यएर सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्समा ४९ प्रतिशत सेयर स्वामित्व लिएको छ ।

यति एयरलाइन्सले आइपिओमा जाने गरी नयाँ साझेदार भित्र्याएको हो । अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ ।

आन्तरिक वायुसेवा दिइरहेको कम्पनी २५ वर्षपछि पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics