‘तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ’

काठमाडौं — मुख्यसचिव बैकुण्ठ अर्यालले प्रकृति संरक्षणका लागि तीनवटै तहका सरकार मिल्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मुख्यसचिव अर्यालले प्रकृति संरक्षणको कुरा सहज नभएकाले संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।

नेपाल जैविक विविधताले भरिपूर्ण देश भएपनि प्रकृति संरक्षण चुनौतीपूर्ण भएको मुख्यसचिव अर्यालको भनाइ थियो ।

‘प्रकृति संरक्षण गर्नेकुरा त्यति धेरै सहज कुरा होइन । धेरैथरी विषय गाँसिएका हुन्छन् । यसैपनि जैविक विविधता र अरु प्रकारका विविधताले भरिपूर्ण हाम्रो देशमा यी कुराहरु असाध्यै चुनौतिपूर्ण छन् । अहिलेको जलवायु परिवर्तनका चुनौतिसमेत सम्बोधन र सामना गर्दै जानुपर्छ,' उनले भने, 'अहिले संघीयतामा गएका छौँ । हिजोको भन्दा अलिकति फरक ढंगले पनि जानुपर्ने हुन्छ । प्रकृति संरक्षणमा संघीय, प्रदेश र स्थानीय सरकारका कुरामा सबैसँग समन्वय, सहकार्य गरेर जानुपर्ने र कतिपय कुरा उहाँहरुको नीति तथा कार्यक्रममा भएकालाई समेत यसमा समेटेर जानुपर्छ ।’

मुख्यसचिव अर्यालले तीनवटै तहका सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले पनि कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics