ट्युसन पढ्न जाने क्रममा भालुकाे आक्रमण, बालिका घाइते

सोलुखुम्बु - सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही गाउँपालिका -५ की १३ वर्षीया एन्जल पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार आइतबार बिहान ५:३० बजेतिर ट्युसन पढ्न जाने क्रममा वडा नम्बर ४ र ५ को सिमाना लोस्कुमा जंगली भालुले आक्रमण गरेको हो ।

शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पताल प्रमुख डाक्टर प्रशान्त शाहले बताए ।

माप्य दुधकोशी गाउँपालिका- ५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनी काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics