मौसममा ‘हामुन’ चक्रवातको आंशिक प्रभाव

काठमाडौं -नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको र पूर्वी भू–भागमा बंगालको खाडीमा बनेको ‘हामुन’ नामक चक्रवातको आंशिक प्रभाव रहेको छ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथाविज्ञान विभागले बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले अबरोध नगर्ने विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics