आजको मौसम : उच्च हिमाली क्षेत्रमा हिमपात, केही स्थानमा वर्षा
- नेचर खबर

काठमाडौं - आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
आइतबार राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस