गुल्मीमा जङ्गली च्याउ खाँदा ३ बिरामी

गुल्मी– जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा बिरामी परेको सरिताका श्रीमान् वृषबहादुरले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics