बोल्दाबोल्दै फोन काटियो ? क्षतिपुर्ति पाइन्छ



के तपाईले प्रयोग गरेको फोन कुरागर्दा गर्दै काटिन्छ ? तपाईको फोनमा आवाज स्पष्ट सुनिदैन ? नेटवर्क आउनेजाने भइरहन्छ ? यस्ता समस्याले तपाईको पैसा बढी लाग्ने गरेको छ भने अब तपाई हैरान हुनु पर्दैन । यसबापत तपाईले क्षतिपुर्ति प्राप्त गर्नुहुन्छ । नेपाल दुरसञ्चार प्राधिकरणले अबदेखि यस्ता समस्या देखा परेमा सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्ष्तिपुर्ति दिलाउने कानुनको निर्माण गर्ने तयारीमा लागेको छ । प्राधिकरणले सेवाग्रहीलाई यस्ता समस्यामा पारे क्षतिपूर्ति स्वरुप पहिलो चरणमा बिचमै बोल्दाबोल्दै फोन काटिए सो कल वापतको पैसा फिर्ता गर्ने नियामवली र प्रविधि लागू गर्ने तयारी सुरु गरेको बिहिबारको गोरखापत्रमा खबर प्रकाशित भएको छ ।

अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्ति सम्बन्धी प्रावधान छैन । त्यसैले अब हामी नयाँ नियमावली बनाउँदै छौं । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राखेका छौं’ प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए ।
तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी समेत गर्न सकिने व्यवस्था मिलाइने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics