संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस न्युयोर्क फर्किँदै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् । नेपालको चार दिने भ्रमणको सिलसिलामा महासचिव गुटेरेस आइतबार बिहान काठमाडौँ आइपुगेका थिए ।

गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics