नेपालमा हालसम्मकै ठूलो भूकम्प १९९० सालको हो ?

काठमाडौं – नेपालमा सबैभन्दा ठूलो भूकम्प भनेर धेरैले चिन्ने भनेकै १९९० सालको हो । २०७२ सालको भूकम्पलाई पनि महाभूकम्प नै भनिन्छ । १९९० कोे भूकम्प अहिलेको आधुनिक मापन पद्धतिमा ८.० म्याग्निट्युडजति भएको आकलन गरिएको छ ।

तर, पहिला गएका ठूला भूकम्पबारे वैज्ञानिक तथ्यांक सहज रूपमा पाउन नसकिने हुनाले तिनको अध्ययन जटिल हुने भूकम्पविद्हरू बताउँछन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले विसं २०७२ सालको भूकम्पलाई ७.६ म्याग्निट्युडको भनेको थियो । यद्यपि त्यसलाई अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले अलिक भिन्न पद्धति अनुसरण गरेर ७.८ म्याग्निट्युडको मानेको थियो ।

उक्त भूकम्प र त्यसका शक्तिशाली परकम्पमा परेर झन्डै ९,००० जनाको मृत्यु भएको थियो र ठूलो भौतिक क्षति पनि भएको थियो ।

नेपालका प्राचीन टिपोट र अभिलेखहरूको हालसम्मको अध्ययनले नेपालमा गएका भूकम्पमध्ये ऐतिहासिक तथ्य भेटिएको सबैभन्दा पुरानो भुँइचालो विसं १२८० मा गएको भएको इतिहासकारहरूले बताउने गरेका छन् ।

यद्यपि खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक रजौरे नेपालमा १०० वर्षअघिसम्मका भूकम्पको पनि वैज्ञानिक विधिबाट गरिएका मापनहरूको जानकारी नपाइने र अनुमान गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics