ताप्लेजुङका पत्रकारले कस्तो देखे टिपताला भञ्ज्याङ ? (फोटो फिचर)

काठमाडौं – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हो टिपताला भञ्ज्याङ । यो नेपाल चीनको औपचारिक सीमा नाका पनि हो । तर, हिमाली क्षेत्र भएकाले यहाँबाट सामान्य आयत–निर्यात (जडीबुट्टी र स्थानीयलाई खाद्य) मात्रै हुन्छ । यो पर्यटकीय क्षेत्र पनि हो । तर, प्रचार कम छ । पर्यटक कम पुग्छन् ।

यसलाई नै मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले कात्तिक १३ गतेबाट स्थानीय पत्रकारको टोलीलाई टिपताला सम्म पुर्याउने योजना बनायो । जसमा सहभागी भए ताप्लेजुङ र पाँचथरका एक दर्जन बढी सञ्चारकर्मी । उनीहरूले यस क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रको यात्रा गर्दै टिपताला पुगेर अवलोकन गरेका छन् । अहिले सो टोली सदरमुकाम फर्कीसकेको छ ।

ताप्लेजुङमा यस्ता धेरै पर्यटकीय क्षेत्र भए पनि अझै ओझेलमा रहेको र यसलाई ‘विदेशी मात्रै नभई आन्तरिक पर्यटले पनि हेर्नुपर्छ’ भन्ने उदेश्यले यो यात्राको आयोजना गरेको पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतम बताउँछन् । भन्छन्, ‘बुझ्ने र देख्ने हो भने ताप्लेजुङ घुम्न लायक जिल्लाको अग्रपंत्तीमा आउँछ ।’

अवलोकन भ्रमण सकेर सदरमुकाम फुङ्लिङ फर्किएपछि सो टोलिमा सहभागी पत्रकार राजेन्द्र श्रेष्ठ, सुवास आचार्य, प्रेम गुरागाईँ र साहारा लंवा (लिम्बु)ले आफ्ना सामाजिक सञ्जालमा हालेर सार्वजनिक गरेका केही तस्बिरहरू यहाँ प्रस्तुत छ ।























नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics