नेपाल वन प्राविधिक संघ दिवसमा २ पुरस्कार वितरणको तयारी, दाबीका लागि निवेदन माग

काठमाडौं – नेपाल वन प्राविधिक संघले, नेपाल वन प्राविधिक संघ दिवस २०८० को उपलक्ष्यमा विभिन्न पुरस्कार वितरण गर्ने भएको छ ।

संघको बसेको बैठकले उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८० र स्व. ववनप्रसाद कायस्थ स्मृति पुरस्कार–२०८० पुरस्कार वितरण गर्ने निर्णय गरेको हो । त्यसका लागि संघले सोमबार एक सूचना प्रकाशित गर्दै निवेदन वा शिफारिश आवह्वान समेत गरेको छ ।

सूचनामा भनिएको छ, ‘उत्कृष्ट वन प्राविधिक पुरस्कार छनोट प्रकृया सम्बन्धी नियमहरु २०५७ (तेश्रो सशोधन २०६२) अनुसार २०८० साल मंसिर ९ गते प्रदान गरिने हुँदा निवेदन वा सिफारिसका निम्ति यो सुचना प्रकाशित गरिएको छ । पुरस्कृत हुन योग्य व्यक्तिले निवेदन दिनुहोला ।’

उत्कृष्ट वन प्राविधिक पुरस्कार दाबिका लागि कम्तिमा विगत ५ वर्षदेखि नेपाल वन प्राविधिक संघको साधारण÷आजीवन सदस्य भई अध्यावधिक सदस्य रहेको, प्राकृतिक श्रोत संरक्षण तथा व्यवस्थापनमा कम्तिमा ५ वर्षको नियमित कार्यगत अनुभव भएको हुनुपर्नेछ । यस्तै उच्च नैतिकता कायम राखी पेशागत मर्यादा अनुरुप कार्य गरेको र वन स्रोत संरक्षण तथा दिगो व्यवस्थापनको लागि नयाँ खोज तथा अनुसन्धान गरी उल्लेखनीय योगदान गरेको व्यक्ति हुनुपर्ने बताइएको छ ।

योग्यता पुगेकाले उत्कृष्ट कामको विवरण खुलाएको चारित्रिक विवरणसहित संघको सचिवालय÷ सम्बन्धित प्रदेश वन निर्देशनालयहरूमा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र (कात्तिक ४) सम्म आवेदन दिन भनिएको छ । यस्तै स्व. ववनप्रसाद कायस्थ स्मृति पुरस्कार–२०८० पुरस्कारका लागि पनि यस्तै नियम राखिएको संघले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics