सडकका चौपाया अब बस्नेछन् काञ्जी हाउसमा

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ।

महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका–७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन साहले बताएका छन्। उक्त कार्य भोलिदेखि सुरु गर्ने साहको भनाइ छ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’



काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेको पनि उनले बताए।

दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधाको प्रबन्ध मिलाइएको उनको भनाइ छ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics