देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना
- नेचर खबर
काठमाडौं - जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।
विभागले दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागको मौसम सफा रहनेछ ।
पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस