यस वर्षको अक्टोबर महिनामै बढ्यो ०.४ डिग्री ताप

काठमाडौं — विश्वभर अक्टोबर महिनाको तापमान अहिलेसम्म रेकर्ड गरिएको भन्दा बढी पुगेको अनुसन्धानले देखाएको छ । यसअघिको सबैभन्दा गर्मी अक्टोबर २०१९ को थियो । यस वर्ष अक्टोबर महिनाको तापक्रम ०.४ डिग्री सेल्सियस बढेको छ ।

युरोपेली र जापानी अनुसन्धान केन्द्रका डेटाहरू कम्प्युटर मोडलिङ एनालाइसिसले तापक्रम वृद्धि भएको देखाएको हो । कम्प्युटर मोडलमा त्यसलाई पुन: विश्लेषण गरिएको थियो । जसमा भू-सतहमा रहेका मौसम केन्द्र, भू-उपग्रह तथा अन्य विभिन्न स्रोत तथ्यांकहरूको आधारमा अनुसन्धान गरिएको बताइएको छ ।

कार्बन उत्सर्जन तथा एल निनोको कारण वैज्ञानिकहरूले विश्वभरको तापक्रम कीर्तिमानी स्तरमा तातो बनेको बताएका छन् । विश्वभरका तापक्रम पाँच महिनादेखि कीर्तिमान बनाएको छ । यसले यो वर्ष पृथ्वी सबैभन्दा गर्मी वर्ष हुने दिशामा देखिएको छ ।

एल निनो प्रशान्त महासागरको सतहमा तातो बहाव हो । जसले विश्वभर औसत तापक्रमलाई वृद्धि गर्न काम गर्छ । जापानको मौसम नियोगले १९८१ देखि २०१० सम्मको अक्टोबरको औसत तापक्रमभन्दा अक्टोबर महिनाको तापक्रम ०.९५ डिग्री सेल्सियस बढी रहेको जनाएको छ ।

यो तापक्रम १८५०-१९०० सम्मको विश्वभरको औसत अक्टोबर तापक्रमभन्दा १.७ डिग्री सेल्सियस बढी भएको बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics