निजगढ विमानस्थल अघि बढाउने, इन्धनमा लगाएको ५ रुपैयाँ कर बूढीगण्डकी आयोजनालाई

काठमाडाैं - सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो।’

यस्तै इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ।

बैठकले पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता शर्माले जानकारी दिइन्।

‘इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बूढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय भएको छ,’ उनले भनिन्।

सरकारले इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लिने गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics