लाङटाङ पदमार्गमा फ्रान्सेली पर्यटकको निधन

काठमाडाैं - रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा गएका एक पर्यटकको लडेर मृत्यु भएको छ।

फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो। प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ स्थित क्याञ्जिन जाने प्रमुख पदमार्ग अन्तर्गत लाङटाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।

लाङटाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले मोलको उद्धार गरेका थिए। उनलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics