नास्टको प्रकृति संरक्षण पुरस्कार पंक्षी संरक्षण संघलाई

काठमाडाैं - नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान नास्टले पंक्षी संरक्षण(बीसीएन)लाई प्रकृति संरक्षण पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नास्टको ४६औं प्राज्ञ सभा बैठकले बीसीएनलाई १ लाख रुपैयाँ राशीको संरक्षण पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नास्टका सचिव डाक्टर रविन्द्र ढकालका अनुसार विगत ४० वर्षदेखि नेपालका पंक्षि र तीनको बासस्थान अध्ययन,अनुसन्धानका साथै वरपरका जनसमुदायको जिविकोपार्जनमा सहयोग गरे बापत संघलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।

२ लाख रुपैयाँ राशीको कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार काठमाडौंको नरदेवीमा रहेको आयुर्वेद चिकित्सालयललाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै १ लाख राशीको विज्ञान पुरस्कार नवल श्रेष्ठले पाउने भएका छन् । भोजपुरका बालकृष्ण वललाई प्रविधि पुरस्कार दिने निर्णय भएको हो ।

विज्ञान तथा प्रविधि युवा पुरस्कारहरू त्रिवि माइक्रोबायोलोजी विभागकी सुप्रिया शर्मा, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका देवराज अधिकारी र त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागका मुक्तिराम पौडेललाई दिने निर्णय भएको नास्टले जनाएको छ ।

त्रिचन्द्र क्याम्पसकि शान्ता पोखरेल भट्टराई महिला विज्ञान तथा प्रविधि पुरस्कार पाएकी छन् । प्रांगिरिक र अप्रांगरिक वस्तुको मिश्रणबाट बायोडिग्रेडबल प्लास्टिक बनाउने प्रविधि विकासका साथै किटोसान र स्टार्चको प्रयोगबाद्वारा फलफूलको भण्डारण क्षमतामा उल्लेखनीय वृद्धि गरेको अनुसन्धान गरेबापत उनलाई उक्त पुरस्कार प्रदान गरिएको नास्टले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics