जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण

भेरीगङ्गा– कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण शुरु गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग अपिल गरेको छ ।

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए। कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उनले दिए।

भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई रु दुई लाख रकम र घाइतेहरूको उपचारका लागि तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics