गिद्ध संरक्षणका लागि १७ वर्षपछि ७७ वटै जिल्ला डाइक्लोफेनेक मुक्त

काठमाडाैं - नेपालका ७७ जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएका छन् । काठमाडौं जिल्लालाई कात्तिक २३ गते डाइक्लोफेनेक मुक्त घोषणा भएसँगै देशका सबै जिल्ला मुक्त घोषणा भएका हुन् । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ सालदेखि डाइक्लोफेनक उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध लगाएको १७ वर्षमा सबै जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भएको छ । सन् २०१० मा दाङ जिल्ला पहिलो पटक डाइक्लोफेनेक मुक्त घोषणा भएको थियो । सन् २००२ देखि गिद्धको मृत्युको सङ्ख्या तीव्र गतिले बढ्दै गएको थियो । त्यो समयमा दक्षिण एसियामा गिद्धको सङ्ख्या ९५ प्रतिशतभन्दा बढीले घटेको गिद्ध संरक्षण विज्ञ कृष्ण प्रसाद भुसालले बताए ।

संरक्षण अभियान सुरु भए पछि सन् २०१२ पछि गिद्धको मृत्यु हुने दरमा कमी आएको थियो । नेपालमा २०४७ सालमा पाँच लाख गिद्ध रहेको अनुमान गरिएको थियो । डाइक्लोफेनेकको कारण २०५८ सालमा ९१ प्रतिशत गिद्धको मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics