यो हो विश्वकै सबैभन्दा महंगो गाई

क्यानडा- तपाइले संसारकै धनी मानिसको बारेमा पढ्नुभएको होला । अब पालो संसारकै धनी (महँगो) गाईको । संसारकै सबै भन्दा धनी वा महँगो मिस्सी नाम गरेको यो गाईको पुरा नाम ईस्टसाइड लेविसडेल गोल्ड मिस्सी हो ।

जो उत्तर अमेरिकामा पाइने हालस्टईन नस्ल (प्रजाति) मध्ये एक हो । मेस्सी नामक यो गाई किन्न मानिसहरुको होडबाजी नै चल्ने गर्छ । जब मिस्सी नामक यो गाईको लिलाम गरिएको थियो तब मानिसहरुले यसको बोली ३२ लाख डलरसम्म लगाए । अझै यो भन्दा बढीमा पनि मानिसहरु यो प्रजातिको गाई किन्न होडबाजी गर्दै थिए ।

यो गाई महँगो कीन भयो भन्नेमा खासै चर्चा नभएपनि यो प्रजातिको गाई आफैमा महँगो हाे । यो प्रजातिको गाईले एक बेतमा त्यो पनि निश्चित समयमा करीब १० हजार किलो दूध दिने क्षमता राख्छ । साथै यो प्रजातिको गाईको संख्या पछिल्लो ३/४ दशकमा निकै बढ्न थालेको छ । जसको कारण अमेरिका र क्यानडामा दुध उत्पादन निकै मात्रामा हुन थालेको छ ।- (एजेन्सी)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics