चितवनमा धुव्रेको ‘धम्की’,नियन्त्रणमा लिन सेना-प्रहरी परिचालन

चितवन - धेरै मानिसको ज्यान लिएको जङ्गली हात्ती ध्रुवे पुन चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ । हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्ने काम गरेको निकुञ्जले जनाएकाे छ । हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन भइसकेकाे छ ।

समस्या दिएपछि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको निकुञ्जले जनाएकाे छ । हात्ती बेहाेस बनाउने र रेडियाे कलर जाेड्ने निकुञ्जकाे तयारी छ । यसका लागि निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ । स्थानीय वासिन्दा भने ध्रुवेकाे धम्की र त्राश लामाे समयदेखि सहिरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics