टिकटकले प्राधिकरणलाई पठायो सात बुँदे पत्र (पूर्णपाठ)

काठमाडौँ – टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि नेपालका सरकारी निकायहरूसँग भएका समझदारीबारे उल्लेख गर्दै टिकटकले पत्र पठाएको हो ।

टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

पत्रमा टिकटकले बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन अनुरोध गरेको छ । साथै टिकप्रतिबन्धको निर्णयले कम्पनीको लगानी योजनामा असर परेको जनाएको छ । प्रयोगकर्ताको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्दै टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र स्वागतयोग्य बनाउन प्रतिबद्ध रहेको पनि प्रष्ट पारेको छ ।

पत्रमा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्न तयार रहेको भन्दै प्रतिबन्धलाई वाक स्वतन्त्रता हननको भएको समेत दाबी गरिएको छ । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics