उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातकाे सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

पश्चिमी वायुको प्रभाव रहँदा मुलुकका केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।

यसैगरी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics