जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट- चिसोका कारण जाजरकोटमा थप तीनजनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३, थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।
मे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोका कारण उनको ज्यान गएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

मनसरी दमका दीर्घरोगी भएको र त्रिपालभित्र चिसोले दम बढेपछि उनको ज्यान गएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र थापाले बताए ।
त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि, गएको साता भेरी नगरपालिका, नलगाड र बारेकोटमा गरी चिसोका कारण चार दीर्घरोगीको मृत्यु भएको थियो । एक साताभित्रै चिसोले सात वृद्धवृद्धाको ज्यान गइसकेको छ । रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics