बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ।

राजापुर नगरपालिका-१० की २५ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए। दिउँसो साढे १२ बजे तिर सुकुम्बासी बस्ती नजिकैको जंगलमा घाँस दाउरा लिन गएकी सुनारलाई बाघले आक्रमण गरेको थियो।

गम्भीर अवस्थामा फेला परेकी सुनारको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। बाघले आक्रमण गरेको सूचना पाएलगत्तै उनको खोजीमा प्रहरी टोली गएको थियो।

त्यस्तै सँगै घाँस दाउरा गएकामध्ये स्थानीय २० वर्षीया कालिका बिक र ३६ वर्षीया निमा बिक बाघले आक्रमण गर्दै गरेको देखेर अचेत भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics