‘टिकटक चलाउन भिपिएनको प्रयोग नगर्नु’

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले फ्री (निःशुल्क पाइने) भीपीएनको जथाभाबी प्रयोग जोखिमपूर्ण हुनसक्ने भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

फ्री भीपीएन प्रदायकले प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने सम्भावना हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, फ्री भीपीएनले अनलाइनमा प्रयोगकर्ताले गर्ने गतिविधि अनाधिकृत रूपमा निगरानी गर्नसक्ने र इन्टरनेटको गति तथा गुणस्तर समेत कम हुनसक्ने प्राधिकरणको भनाइ छ ।

फ्री भीपीएनबाट प्रयोगकर्ताको कम्प्युटर तथा मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रणाली तथा संवेदनशील डाटालाई हानी पुर्‍याउनसक्ने प्राधिकरणले बताएको छ ।

फ्री भीपीएन प्रयोग गर्दा ह्याकरहरूले ह्याक गर्ने सम्भावना बढी हुने भएका कारण समेत यसको प्रयोग नगर्न प्राधिकरणले चेतावनी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics