भीपीएन ब्लक किन सम्भव छैन ?

काठमाडौं - निकै कडिकडाउ रहेको चीनमा समेत भीपीएन प्रयोग हुँदै आएको छ ।

स्थानीय इन्टरनेट ट्राफिकको नियमित अनुगमन गर्ने एउटा संस्था इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का नेटवर्क इन्जिनियर निरज आचार्यका अनुसार भीपीएन प्रयोग गरी मानिसहरूले अहिले नेपालमा प्रतिबन्धित टिकटक चलाउँदा पनि त्यो इन्क्रिप्टेड भएर आउँछ। सर्भर अरूले देख्न सक्दैनन्।

डेटालाई सुरक्षित पार्न विशेष सङ्केतका रूपमा पठाइने उपायलाई डेटा इन्क्रिप्शन भनिन्छ। त्यस्ता डेटा खोल्न “इन्क्रिप्शन की” भएका प्रयोगकर्ताले मात्रै सक्छन्।

“भीपीएन भनेको एउटा ठूलो पाइपभित्र सानो पाइप जडान गरेर निजी बनाउनुजस्तै हो। त्यसलाई ब्लक गर्न सकिँदैन,” आचार्यले भने।

“उदाहरणका लागि दूरसञ्चार प्राधिकरणले ओपन वा निःशुल्क भीपीएन बेचिरहेका सेवा प्रदायकका सर्भरको आईपी एड्रेस पत्ता लगाएर त्यसलाई ब्लक गराउन खोज्यो भने उनीहरूले आईपी एड्रेस नै बदलेर अर्को राखिदिन्छन्,” अगाडि उनले थपे।

भीपीएनको प्रयोग अवैध नभई सुरक्षाका लागि गरिने प्रविधि हो। “हामीले ट्र्याक गर्ने भनेको आईपी अड्रेस हो। तर भीपीएनको प्रयोगबाट आईपी अड्रेस नै परिवर्तन हुने भएपछि ब्ल्क गरिरहन सम्भव हुँदैन,” आचार्यले भने।

इन्टरनेट सेवा प्रदायक सङ्घ (आईस्प्यान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार प्राधिकरणले उपलब्ध गराउने गरेको आईपी अड्रेस वा युआरएलका आधारमा उनीहरूले डीएनएस ब्लक गर्दै आएका छन्।

“हामीले डीएनएसबाट ब्लक गरिरहेको हो। तर गुगल लगायतका निःशुल्क डीएनएस प्रयोग गरेर हाम्रो डीएनएस सर्भरलाई बाइपास गर्न सक्छन्। प्राधिकरणले त्यसलाई पनि रोक्न भनेको छ,” पराजुलीले भने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics