बर्दियामा बाघको आक्रमणबाट शर्मा गम्भीर

बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीय अनिल शर्मा रहेको प्रहरीको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको र घाइतेको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

घाइते शर्माको ठेगाना थाहा हुन नसके पनि भारतीय नागरिक रहेको प्रहरी जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics