सन् २०२३ अहिलेसम्मकै उच्च तापक्रम रहेको वर्ष

काठमाडौं - सन् २०२३ सकिन झन्डै एक महिना बाँकी छ। तर, यो वर्ष जलवायुसम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा गर्मी वर्ष बन्ने कुरा लगभग निश्चित रहेको युरोपिअन यूनिअनको जलवायुसम्बन्धी निकाय 'कपर्निकस'ले बताएको छ।

युरोपियन युनियनको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार अक्टोबर २ सम्मको तथ्यांकका हेर्दा २०२३ मा कुल ८६ दिन १.५ डिग्रीभन्दा बढीले तापक्रम उच्च रहेको छ । सन् २०१६ मा वर्षभरी नै ७५ दिन यस्तो भएको बीबीसीले जनाएको छ ।

सन् २०२३ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष हुने र २०२४ मा पनि तापक्रम वृद्धिले रेकर्ड तोड्ने जलवायु विज्ञहरुको आँकलन छ । ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारण यस वर्ष पनि विश्वभरि नै बाढी, पहिरो, खडेरी, आगलागी, अतिवृष्टी र अनावृष्टिका घटना बढेका छन् ।

२०१५ मा पेरिसमा भएको सम्मेलनमा चालु शताब्दीमा विश्वको कुल तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा कममा राख्न पहल गर्ने सहमति भएको थियो । तर ईन्धन खपतको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा कार्बन उत्सर्जन कम हुन सकेको छैन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics