कोप–२८ मा नेपालको प्रस्तुतीले तरंग – प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् ।

दुबईमा आयोजित कोप–२८ मा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्रीले नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको बताए ।

सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए ।
जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिका लागि आउने आर्थिक तथा प्राविधिक सहायता पहिला भन्दा बढ्ने उनले दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘क्षतिपूर्ति कति, के भन्ने चाहिं अब बल्ल छलफल हुन्छ ।’

जलवायु परिवर्तनले पारेको असरको विषय पहिलेभन्दा गम्भीर ढंगले उठाएको, विकसित देशहरुले पनि त्यसअनुसार नै प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले सुनाए । राष्ट्रसंघका महासचिवले पनि अन्तिम मौका हो भनेको भन्दै उनले भने, ‘सहभागी सबैको यो सम्मेलन प्रभावकारी, परिणममुखी हुन्छ भन्ने धारणा पाएँ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics