लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा, सुधार हाेला माैसम ?

काठमाडौँ - सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।

‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात भएको छ ।’ उनका अनुसार कोशी र मधेस प्रदेशबाहेक अन्य प्रदेशका जिल्लामा बादल लागेको छ ।

अपराह्नपछि मौसम सुधार भएर जाने विभागले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics