साइकलमा यात्रा गरिरहेका बेला हात्तीको आक्रमण, माझीको मृत्यु

विराटनगर - हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको आज बिहान मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।

प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेको छ ।

माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरतर्फ पठाएइको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics