विश्व माटो दिवस आज, कस्तो छ नेपालको माटो ?

काठमाडौँ - ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ आज दसौँ विश्व माटो दिवस मनाइँदै छ । विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू सङ्कलन गरिएको छ ।

‘विश्व माटो दिवस २०२३’ सो अवसरमा माटोमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा श्रीप्रसाद विष्टले बताए ।

नेपाली माटोमा भू–क्षय, अम्लीयपन, माटो बगेर जानु, विषादीको प्रयोगले माटो कडापन हुनु, माटोमा केही मात्रामा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको उनको भनाई छ ।

उनका अनुसार भू–क्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १ दशमलव ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने केन्द्रका प्रमुख विष्टले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics